समचारहरु

सहकारी शिक्षा शिविर


यस संस्थाको आ.ब २०८०÷८१ को स्विकृत कार्यक्रम अनुसार कुन्ता सेवा केन्द्रको आयोजनामा मण्डनदेउपुर वडा नं ७ लम्सालथुम्कामा सहकारी शिक्षा शिविर सम्पन्न भएको छ । संस्थाको बर्तमान अवस्थाका बारेमा जानकारी दिने उद्धेश्यले आयोजित कार्यक्रममा संस्थाका ८४ जना सदस्यहरुको उपस्थिती रहेको थियो । संस्थाका कुन्ता सेवा केन्द्र व्यवस्थापन समिति संयोजक रामेश्वर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मण्डनदेउपुर वडा नं ७ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं ७ का निबर्तमान वडा अध्यक्ष नाराण प्र लम्साल, समाजसेवि रमेश लम्साल, समाजसेवि रामकुमार दुलाल, सेवा केन्द्र व्यवस्थापन समिति सदस्य शम्भु प्रसाद पराजुली, संचालक सदस्य बुद्धि प्रसाद पराजुली लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारी, आर्थिक विभाग प्रमुख मनुप सापकोटा, कुन्ता सेवा केन्द्र प्रमुख सन्तोष अधिकारी लगायतका कर्मचारीहरुको उपस्थिति रहेको गियो । कार्यक्रममा शहभागि सदस्यहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत र आर्थिक विभाग प्रमुखबाट संस्थाका विषयमा सहजीकरण गर्नुभएको थियो ।


कार्यक्रमबाट सदस्यहरुले संस्थाको पछिल्लो अवस्था र संस्थाबाट प्रवाह भइरहेका सेवा सुविधा तथा कार्यक्रमहरुका विषयमा जानकार हुने अवसर पाएका छन। कार्यक्रममा आप्mनो धारणा राख्दै अतिथि नारायण प्रसाद लम्साल ले सहकारीको मर्म र भावना बोकेको सहकारी रुपमा परिचित आर्थिक विकासमा सदस्यता लिन र नियमित बचत गर्न जोड दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि वडा नं ७ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले सदस्यको गुनासो, इच्छा र आकांक्षा बुझने खालको सहकारी संस्था भएकोले आर्थिक विकास संस्थाबाट नै बचत र ऋणको कारोबार गर्नुपर्ने कुरा उल्लेख गर्दै संस्था बलियो र सदस्यमुखी बनाउन शेयर सदस्यको महत्वपुर्ण भूमिका रहने कुरामा जोड दिनुभएको थियो । संस्थाका कुन्ता सेवा केन्द्र संयोजक रामेश्वर सापकोटाले संस्थाले जेष्ठ सदस्य तिर्थयात्रा, सदस्य सम्मान, स्वास्थ्य उपचार सहयोग, मोवाइल बैंकिङ, स्वास्थ्य शिविर जस्ता कार्यक्रमले संस्था र सदस्य बिचको सम्बन्ध बलियो बनाएको धारणा राख्नुभएको थियो । सोही कार्यक्रमका अवसरमा लम्साल थुम्कामा ३ वटा संकलन केन्द्रहरु समेत गठन गरिएको थियो ।

सहकारी शिक्षा शिविर