समचारहरु

राष्ट्रिय सहकारी कर्मचारी संघ गठन, अध्यक्षमा भरतकुमार श्रेष्ठ


काठमाडौं: सहकारी संस्थाहरुमा कार्यरत कर्मचारीहरुको भेलाले राष्ट्रिय सहकारी कर्मचारी संघ, नेपाल गठन गरेको छ । काठमाडौंमा भएको भेलाले भरतकुमार श्रेष्ठको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो ।


नवगठित समितिको उपाध्यक्षहरुमा धनबहादुर खत्री, राधा कडरीया र प्रशान्त जीसी चयन हुनुभएको छ । त्यस्तै महासचिवमा गंगाप्रसाद रिजाल, उपमहासचिव पुरुषोत्तम श्रेष्ठ, सचिवमा मनिशा लम्साल र कोषाध्यक्षमा तुलसीराम थापा चयन हुनुभएको छ ।


कार्यक्रममा बोल्दै भेलाका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका पोलिट ब्युरो सदस्य तथा पेशागत महासंघ नेपालका संयोजक प्रेमलकुमार खनालले सहकारीहरुलाई सुशासन युक्त संस्थाको रुपमा विकास गर्दै उत्पादनमुखि कृयाकलापमा लैजानु पर्नेमा जोड दिनुभयो ।


पेशागत महासंघ, नेपालका सचिवालय सदस्य तथा सहकारी इन्चार्ज धरणिधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमले ३ बुँदे प्रस्ताव समेत पारीत गरको नवगठित समितिका महासचिव गंगाप्रसाद रिजालले जानकारी दिनुभयो । भेलाले सहकारी क्षेत्रका श्रमिकहरुका आर्थिक तथा समाजिक सवालहरुको सम्बोधन गर्न ६ महिना भित्र प्रदेश तथा जिल्ला समितिहरु गठन गरी राष्ट्रिय भेला गर्न समेत प्रस्ताव पारित गरेको छ ।


राष्ट्रिय सहकारी कर्मचारी संघ, नेपाल पेशागत महासंघ नेपालमा आवद्ध घटक हुनेछ ।

राष्ट्रिय सहकारी कर्मचारी संघ गठन, अध्यक्षमा भरतकुमार श्रेष्ठ