Thakur Nath Adhikari


Thakur Nath Adhikari

                 

समय गतिवान छ संस्था स्थापना हुँदाको अवस्था देखि हाल सम्म आईपुग्दा सम्म प्रविधिले धेरै फड्को मारि सकेको छ । जसको फल स्वरुप आज संस्थाका हरेक गतिविधिहरु सदस्य आफुले चाहेका बखत हेर्न र अध्ययन गर्न मिल्ने गरि व्यवस्थापन गरिएको छ । संस्थाका सेवा तथा सुविधालाई अझै प्रविधि मैत्री बनाई उत्कृटकासाथ सरल र सहज सेवा प्रदान गर्दै सदस्यहरुको दैनिक जिवनमा प्रयोगमा ल्याउने गर्ने प्रयास गरिरहेका छ ।

संस्थाका आर्थिक कारोवारको अवस्था सन्तोष जनक ढंगबाट अघि बढिरहेका छन् । संस्थालाई निति प्रधान बनाई स्वचालीत पद्धती अनुरुप संचालन गरिएको हुँदा सुचकांकहरु सकारात्मक छन् । सुसासनको विषय होस वा विधि र पद्धतीका विषय हुन् सवै सकारात्मक छन् । संस्थाले आफ्नो तर्फबाट आर्थिक कारोवार तथा ऋण लगायत अन्य कागज पत्रहरुलार्ई डिजिटलाजेसन गरिएको छ । प्रविधि दिनानुदिन परिवर्तन भैरहेको छ तापनि समयानुकुल बनाउन हर सम्भव प्रयत्न गरि प्रतिस्पर्धि बजार अनुरुप आफ्ना सेवाहरु सदस्यहरुमाझ पुर्याई रहको छ ।

संस्था तथा संस्थाका सदस्यहरुको सेवा सुविधालाई ध्यानमा राखेर सदस्यहरुको पसिनाको थोपा रुपि बचतको पुर्ण सुरक्षा र ऋणको सहि सदुपयोगिता र सदस्य तथा संस्थाको बृद्धि विकासका निमित्त साधारण सभा, सञ्चालक समितिले गरेका निर्णय तथा सदस्यहरुबाट प्राप्त भएका सुझाव सल्लाहलाई सदस्यहरुको हित र सहयोगकालागी सहज रुपमा गुणस्तरिय सेवा सुविधा सहित कार्यान्वयन गर्न गराउन हामी सवै कर्मचारीहरु व्यवस्थापनको तर्फबाट प्रतिबद्ध छौ ।

सदस्यहरुको सन्तुष्टि हाम्रो चाहना भएकोले सोहि अनुसार हाम्रा कार्यक्रम र गतिबिधिहरु अगाडि बढाउने कुरामा विश्वस्त पार्दै सदस्य तथा संस्थाको सर्व·िण विकासमा हाम्रो ध्यान केन्द्रित रहेकोले सोहि अनुरुप हाम्रो व्यवस्थापन प्रणालीलाई विकास गर्दै लगिएको र आगामी दिनमा यसलाई अफै प्रभावकारी बनाई व्यवस्थापन गर्ने कुरामा सम्पुर्ण सदस्य तथा शुभचिन्तकहरुबाट रचनात्मक सुझाव सल्लाह प्रदान गरि मार्गनिर्देशन गरि सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।

ठाकुरनाथ अधिकारी, प्रमुख कार्यकारी अधिकृत