BABU KAJI PARAJULI


BABU KAJI PARAJULI

सदस्यहरुको आवश्यकताले आफ्ना लागी आफैले एक आपसमा सहकार्य गर्दै विभिन्न कारोवार मार्फत आर्थिक, सामाजीक र साँस्कृतिक रुपान्तरण गर्ने उद्देश्यले यस आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको ली.को स्थापना भएको हो । सदस्यहरुको सन्तुष्टि नै संस्थाको पहिलो चाहना हो । हामी सहकारी हुनुका नाताले सामुहिकतामा विश्वास गर्छौ र सोहि अनुरुप आफ्ना कार्यक्रमहरुलाई सदस्यहरुका विच सहकारी सिद्धान्त, मुल्य, मान्यता अनुसार हातेमालो गर्दै वित्तिय तथा गैर वित्तिय सेवाहरु प्रदान गरिरहेका छौ । नयाँ शैली र सोचका साथ सदस्यहरुलाई समय सापेक्ष ननितम प्रविधिको उपयोग गरि आफ्ना सेवाहरु प्रदान गरिरहेकै छौ । त्यसका अलावा समुदायमा सामाजीक कृयाकलापका कुराहरु हुन् वा सेवामुलक गतिविधिहरु संचालन गर्नु हाम्रो नियमीत दायित्व र कर्तव्य भित्र पर्ने गरेको छ । त्यसैको फल स्वरुप स्थानिय स्तरमा भरपर्दो विश्वासयोग्य संस्थाको रुपमा स्थापित हुनुका साथै काभ्रेपलाञ्चोक जिल्लामा सबल र व्यावशायिक संस्थाहरुको परिचय बनाएको महशुस गरिरहेका छौ ।

हाल सहकारी क्षेत्रमा विषम परिस्थितिको अवस्था श्रृजना भैरहेको परिस्थिति छ तापनि सदस्यहरुको आवश्यकता अनुसार स्थापना भएको हुँदा र सदस्यहरुको अगाध माया, विश्वास र भरोशाले नयाँ जोसका साथ कार्य गर्न अझै हौसला प्राप्त भैरहेको छ । “उत्कृष्ट दीगो व्यवशायिक साकोस” बनाउने हाम्रो परिकल्पनालाई साकार बनाई देशकै उत्कृष्ट संस्था बनाउने अभिलाशा बोकेर यात्रा तय गरिरहँदा यसलाई सफलीभुत बनाउन हाम्रा कृयाकलापहरु निरन्तर जारी रहेका छन् । परिकल्पना गरे अनुसारको संस्था बनाउनका निमित्त लिईएका निति तथा रणनिति अनुसार अघि सारेका योजना तथा कार्यक्रमलाई अझै सार्थक र परिणाम मुखि बनाउन आ–आफ्नो तह तप्काबाट सहयोग गर्न सदस्यहरु माझ आव्;ान समेत गर्न चाहन्छौ । सहकारीका मुल्य र मान्यता भित्र रहेर निर्माण गरिएका निति, बिधि र प्रविधिको अधिकतम उपयोग गरि प्रकृया र पद्धती अनुसार चल्ने प्रतिवद्धता जनाउँदै सदस्य तथा शुभचिन्तकहरुबाट प्राप्त हुने अमुल्य सुझाव सल्लाह र मार्ग निर्देशनहरु ग्रहण गर्नुका साथै प्राप्त भएका सुझाव सल्लाहहरुलाई संस्थाका अमुल्य निधि र सम्पत्तिको रुपमा राख्दै सोहि अनुरुप गतिविधिहरु सदस्यहरुको सर्वोपरि हित हुने गरि संचालन गर्न निरन्तर लागीरहने छौ ।

सदस्यहरुले ढुक्क भएर भय रहित वातावरणमा आफ्नो संस्थामा बचत तथा ऋणको कारोवार गर्न अनुरोध गर्दछु । तपाँईहरुको बचतको पुर्ण सुरक्षा गर्ने जिम्मेवारी संस्थाको काँधमा छ र हामी पुर्ण प्रत्याभुतिका साथ उक्त जिम्मेवाररु वहन गर्न सक्षम छौ । यस अवधिमा संस्था सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण कारोवार गर्न सक्ने सवल र सुरक्षित वित्तिय संस्थाको भरपर्दो विकल्प बन्न सफल भएको छ । संस्थालाई वित्तिय सेवा प्रदायक पहिलो रोजाईको संस्था बनाउने प्रयास स्वरुप सदस्यहरुको सन्तुष्टि र गुणस्तरिय सेवा प्रदानलाई प्राथमिकतामा राख्दै सोहि अनुरुप आफ्ना निति तथा र्काविधिहरुको निर्माण व्यवस्थापन र कार्यान्वयन प्रणलीको विकास गर्दै लगिएको छ ।

अन्तमा: प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आफ्ना अमुल्य सुझाव, सल्लाह र अझै बढि सहयोग र सद्भावको अपेक्षा सहित अनुरोध गर्न चाहन्छु साथै संस्थाको सहज तथा असहज जुनसुकै अवस्थामा पनि साथमा रहि सहयोग पुर्याउने सदस्य ज्युहरु,सहकारीका छाता संघहरु,प्रादेशिक संघहरु र केन्द्रिय संघ लगायत शुभेच्छुक शुभचिन्तकहरु प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

बाबुकाजी पराजुली,अध्यक्ष